११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

अ+ अ-

खलङ्गा । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ ।

यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले यहाँका आठ वटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने उनले बताए ।

खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्‍याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत/वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ ।

बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १९१ को खोप टोली परिचालन गरिनेछ ।

जिल्लामा आव २०७५/७६ मा ९७८, आव २०७६/७७ मा एक हजार १५८, आव २०७७/७८ मा ८७९ र चालु आवको आठ महिनामा ५९२ जना गरी चार वर्षमा जिल्लाका तीन हजार ५९७ नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस