१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

अ+ अ-

पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो ।

रु चार करोड ९० लाखभन्दा बढी रकम खर्च गरी जडान गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको रोग पत्ता लगाउन मद्दत पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए ।

उनले अस्पतालको सिटी सेवा अवरुद्ध हुँदा बिरामीले महँगो दरमा बाहिरबाट सिटी स्क्यान गराउँदै आएकामा अस्पतालले आफ्नै सेवा सञ्चालन गरेपछि बिरामीको समय र पैसा दुवै जोगिएको बताए ।

अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विशेष छुटको प्रबन्ध अस्पताल प्रशासनले गरेको डा प्रधानले जानकारी दिए ।

मधेस प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालले हाल शरीरको सबै भागका विभिन्न १५ प्रकारका कन्ट्रास्ट इहेन्समेटदेखि नन् कन्ट्रासट परीक्षण सेवा सुलभ दरमा प्रदान गरी रहेको रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले जानकारी दिए ।

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहर समेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमा आउने गरेका छन् ।

बिरामीको रोग पत्ता लगाउने अति नै महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवा नारायणी अस्पतालमा सञ्चालन भएपछि सस्तो दरमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस