५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई छुट दिने छैन’

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन्।

नेपाल विश्व हिन्दु महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दु अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए ।

उनले भने, ‘हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरुको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।’

मन्त्री आलेले नेपाल एक बहु धार्मिक, बहु सांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताए।

पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गरे ।

उनले भने, ‘म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट दिने छैन ।’

नेपाल विश्व हिन्दु महासङ्घले आयोजना गरेको हिन्दु अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस