काठमाडौँ । चिकित्सा शिक्षा आयोग स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदै छ ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।
काठमाडौँ उपत्यकामा मात्र सञ्चालन हुने परीक्षामा १११ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन अनुरोध समेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
