८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली र अमेरिकी सेनाबिच आइतबारदेखि संयुक्त अभ्यास

अ+ अ-

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबिचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदै छ ।

सेनाको रेन्जर फौज र अमेरिकी सेनाको स्पेसल फौजबिच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

अमेरिकी सेना र नेपाली सेनाबिच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेन्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।

जिज्ञासामा प्रवक्ता सिलवालले भने, ‘यस पटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेन्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेन्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।’ संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदै छन् ।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वार फेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबिच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस