९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूतपूर्व ब्रिटिस गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा

अ+ अ-

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो ।

सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिस सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरू धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्त्वको रहेको बताएका छन् । उनले हिजो आफ्नो रगत, पसिना विदेशीका लागि बगाएका गोर्खाको समूह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताए । उनले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनः पुष्टि गरेको बताए ।

प्रचण्डले स्थानीय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै नभई परिवर्तन कामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरे । उनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका परिवर्तनका एजेन्डाको सूत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरूले मात्रै खान खोज्ने परिपाटीले राजनीतिक स्थिरता कायम हुन नसकेको बताए ।

उनले माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानीय तहहरूले अरूले भन्दा उत्कृष्ट काम गरेको दाबी पनि गरे । कार्यक्रममा माओवादी प्रवेश गर्ने संस्थाको नेतृत्वकर्ता राईले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुनसक्ने लागेकाले माओवादीको पक्षमा आफूहरू केन्द्रित भएको धारणा राखेका थिए ।

राईले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरू प्रभावित भएको र आफूहरूको स्वार्थ राष्ट्रको विकास तथा समृद्धिको पक्षमा काम गर्नेबाहेक अरू नभएको बताएका थिए । त्यसै गरी राईले आफूहरूको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेका कारणले पनि आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस