१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी मृत्यु प्रकरण : अस्पतालले क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझे

अ+ अ-

धनगढी । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् ।

शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बोहराको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको अस्पताल तोडफोड गरेका स्थानीयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि शनिवार शव बुझेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने, प्रमुख जिल्ला अधिकारीको समन्वयमा घटनाको छानबिन गर्ने र प्रदर्शनको क्रममा घाइते भएकाहरूको उपचार गर्ने सहमतिपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । डिएसपी जोशीका अनुसार आफन्तले शनिवार नै शव बुझेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण बोहराको मृत्यु भएको भन्दै शनिवार बिहान आक्रोशित स्थानीयले पद्मा अस्पतालमा ढुङ्गा मुढा प्रहार गरेपछि अस्पताल भवनका सिसा फुटेका छन् । अस्पतालको एम्बुलेन्स र भ्यानमा समेत क्षति पुगेको छ । उनीहरूले अत्तरियामा प्रदर्शन गर्दै सवारीसाधन समेत चल्न दिएका थिएनन् ।

सो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुवै पक्षबिच झडप भएको थियो । झडपका क्रममा पाँच जना प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस