५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्‍यो

अ+ अ-

काठमाडौँ । पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो ।

प्रतिवादी होटेल आनन्द प्रालि (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरूले यसअघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा पेसी परेकाले अन्तरिम आदेश नदिने श्रीमान्ले यो मुद्दा हेर्न मिल्दैन कि भन्ने कुरा उठाउनु भएपछि पेसी सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए।

बतास समूहअन्तर्गत रहेको होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारतमैत्री धर्मशालाको सम्झौतामा उल्लेख गरिएका विभिन्न सर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटेल आनन्द प्रालिलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटेल आनन्द प्रालिसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस