१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचनमा लमजुङमा चार दलीय गठबन्धन हुने

अ+ अ-

लमजुङ । लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो ।

काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ ।

बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको काँग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिए ।

यसका लागि सभापति गुरुङको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक मधु अधिकारी गुरुङ, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको उनले बताए ।

जिल्लाका आठ पालिकामा गठबन्धन दलहरुको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ । पालिका स्तरीय संयन्त्रमा संयोजक काँग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको काँग्रेस जिल्ला सभापति गुरुङले बताए ।

उनले भने, ‘यस निर्णय बाहेक गठबन्धन दलबीच गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम राख्दै दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताले एक आपसमा गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न नगराउन, सामाजिक सञ्जाललगायतका सञ्चारमध्यमबाट अशिष्ट, गालीगलोजजस्ता गतिविधि नगर्न नगराउन, आ–आफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गर्ने निर्णय गरेको बताइएको छ ।’

त्यस्तै, बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा गठबन्धन दलको दलगत बस्तुस्थितिको प्रतिवेदन संयुक्तरुपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनोट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवारको टुङ्गो लाग्ने सभापति गुरुङले बताए ।

उनले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सबै राजनीतिक दल लागेको पनि बताए ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष जितेको थियो । त्यस्तै, माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो ।

त्यस्तै, सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेस, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा काँग्रेसले उपप्रमुख पद जितेको थियो ।

प्रतिक्रिया दिनुहोस