काठमाडौँ । कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।
अपरेसन ‘बाली’का क्रममा ‘कर्डन एन्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।
गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँ स्थिति राष्ट्र सङ्घको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ ।
उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।