काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।
निगमले ठुलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ ।
हिजो (मंगलबार) अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो ।
स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य स्वतः थपघट हुने छ ।
