८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

अ+ अ-

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले हिजो (मंगलबार) आयोजना गरेको जनसभामा उनले भने, ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।’

मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, ‘ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म सङ्घर्ष जारी रहन्छ ।’

नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाए ।

नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेकाको भन्दै नागरिकता विधेयक छिटो अघि बढाउन उनले माग गरे ।

वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसी नागरिकमाथि अझै पनि भेदभाव रहेको जिकिर गरे। मधेसका अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस