१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसङ्घ

अ+ अ-

जेनेभा । रुसले युक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको हो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी सङ्गठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भने, ‘युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेको छ ।’

‘नागरिकहरूको सुरक्षित उद्धार गर्न र आन्तरिक विस्थापितहरूलाई छिटो–छिटो सहयोग गर्नको लागि अति आवश्यक मानवीय सहायताको सुरक्षित यातायात र वितरण सुनिश्चित गर्न मानवीय मार्ग तत्काल आवश्यक छन् ।’

रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि लाखौँ मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन् ।

आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख युक्रेनको पूर्वी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन् ।

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २।९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन् ।

यसले पत्ता लाग्यो कि ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घ रोगी रहेका अनुमान गरिएको छ । विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस