१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

अ+ अ-

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै उनले जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चार जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘निर्वाचनमा कति बेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्य योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्छु ।’ निर्वाचन आयोग र सङ्घ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने नेपालीले बताए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना तथा मुस्ताङका नेत्रप्रसाद शर्माले जिल्लाको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोखरेलले सुरक्षा समन्वय बैठकमा सहभागी हुनु पूर्व नेपालकै प्रसिद्ध धार्मिक शक्ति पीठ कालिका भगवती मन्दिरको दर्शन गरेका थिए । मुख्यमन्त्री नेपालीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गरेका थिए ।

मुख्यमन्त्री नेपालीका साथ बागलुङ आएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका व्यक्तिलाई समेत गुठीका अध्यक्ष खड्काले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस