काठमाडौँ । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो ।
सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् ।
ती मोटरसाइकलको मूल्य २१ लाख बराबर रहेको बताइएको छ ।