११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको साधारण सभा : सेयरधनीलाई नगद लाभांश वितरण गरिने

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको हिजो (बिहीबार) यहाँ सम्पन्न १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीहरूलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।

१४औँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०७८ चैत २४ गते) देखि सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

करिब ९२ प्रतिशत सेयरधनीको उपस्थिति रहेको उक्त सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिस बमोजिम आव २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईँ र चार्टर्ड एकाउन्टेन्ट पीयूष आनन्दलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य सर्त निर्धारण गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षाअनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न रचनात्मक सुझावका लागि आग्रह गरे ।

उनले भने, ‘कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको छ, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महसुलमा छुट दिनुका साथै जरिवानासमेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको छ ।’

आव २०७७/७८ मा कम्पनीले कर तथा गैर कर बापत आफ्नो कूल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् रु २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

कम्पनीले इन्टरनेटको बहु उपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । स्याटेलाइट प्रविधिको प्रयोगद्वारा विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवासमेत उपलब्ध गराइएको छ ।

प्रवक्ता अधिकारीले भने, ‘मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ ।’

नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुर्‍याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस