१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

अ+ अ-

म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)को बेनीमा बसेको संयुक्त बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रेसम जुग्जाली, एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए ।

यसअघिको बैठकले गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आङ्कलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो ।

सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणको विश्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने सम्बन्धी निर्णय गर्ने बैठकमा गरिएको छ ।

सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी छनोट गरिने बताइएको छ । चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र विस्तार गरिएको छ ।

विसं २०७४ को निर्वाचनमा काँग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो ।

माओवादी केन्द्रले सात वडामा, एमालेले दुई गाउँपालिकामा अध्यक्ष, तीन गाउँपालिकामा उपाध्यक्ष र २३ वडाध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुखमा राप्रपा विजयी भएको थियो ।

बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा काँग्रेस र माओवादीले तालमेल गरेका थिए । रघु गङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन ।

प्रतिक्रिया दिनुहोस