९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

अ+ अ-

म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।

नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे ।

‘राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय काँग्रेसले बिर्सनु हुँदैन’, मन्त्री खाँडले भने, ‘नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै काँग्रेसलाई महत्त्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो ।’ गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उनले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराए ।

‘गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौँ’, मन्त्री खाँडले भने, ‘नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनि पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।’ संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।

नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका थिए । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिने गरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो ।

यसै गरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताए । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समीर खान र सेनाज बेगमले उनलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।

मन्त्री खाँडलाई नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्व सभापति तथा संविधानसभा सदस्य रेसमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस