काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।
पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैँमाथि प्रहार गरेको उनको आरोप छ ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।
आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२–२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’ एमाले अध्यक्ष ओलीले ३० वैशाख २०७९ मा हुने चुनावको परिणाम बेग्लै हुने बताए ।