१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थमन्त्रीले पदलाई निरन्तरता दिने

अ+ अ-

कोलम्बो । यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गरेका थिए । राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन ।

सम्बन्धित समाचार : श्रीलङ्काका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा

उनले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन् ।

सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।”

श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध

यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले हालै राजीनामा दिएको केन्द्रीय बैङ्कका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलम्बोस्थित एक अदालतले सोमबार राजीनामा गरेका अजिथ काबराललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ ।

अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो ।

राष्ट्रपति गोटाबाया राजपाक्षद्वारा बैङ्कको नेतृत्व गर्न चुनिएका काबराल श्रीलङ्काको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय सङ्कटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गरे ।

टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा यस संस्थाको नेतृत्व गर्दा पूर्व बैङ्क प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस