आज चैते दसैँ ,देवीको पूजा र उपासना गर्दै मनाइँदै « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आज चैते दसैँ ,देवीको पूजा र उपासना गर्दै मनाइँदै


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । आज चैत शुक्ल अष्टमी अर्थात् हिन्दुहरूको पर्व चैते दसैँ देवीको पूजा र उपासना गर्दै मनाइँदै छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुई पटक दसैँ मनाउने गरेका छन् ।

असोजमा मनाइने दसैँलाई बडादसैँ र चैतमा मनाइनेलाई चैते दसैँका रुपमा चिनिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दसैँ असोजमा पर्ने बडादसैँ जस्तो धूमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैँ भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दसैँमा घर(घरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । व

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको महत्त्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस