५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले

अ+ अ-

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् ।

कैलालीको धनगढीमा हिजो (शुक्रबार) धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘धनगढी विमानस्थल क्षेत्रीयस्तरको विमानस्थल बनाउँछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउँछु ।’

मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीयस्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगन्जलगायतका ठुला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राखे ।

उनले भने, ‘पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउँछु ।’

मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा रु एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए ।

यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफूले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फास्ट ट्र्याक निर्माणको पहल थालेको पनि जानकारी दिए ।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र आफू सुदूरपश्चिमकै भएकाले सुदूरपश्चिम क्षेत्रको विकास तथा विस्तारका लागि सधैँ अग्रसर रहेको जिकिर उनले गरे ।

मन्त्री आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताए। उनले भने, ‘आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हुन्छ, पाँच किलोका ढक भन्नेलाई परास्त गरेरै छाडिन्छ ।’

प्रतिक्रिया दिनुहोस