१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : कैलालीमा पाँच दलको कार्यदल गठन

अ+ अ-

सुदूरपश्चिम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ ।

धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला इन्चार्ज दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज हरि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जगतप्रकाश जोशी र जनता समाजवादीका होरीलाल चौधरी रहेका छन् ।

उक्त कार्यदलको बैठक यही चैत २७ गते पुनः बसेर चुनावी तालमेलका बारेमा थप छलफल गर्न लागिएको काँग्रेसका जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गठबन्धन गरेर जाने सहमति बनाएका पाँच दलबीच कुन पदमा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा तालमेल गर्न सकस भइरहेको ती दलका नेता तथा कार्यकर्ताले बताए ।

सहमति जुट्न सकस भइरहँदा गठबन्धन दलका नेता कार्यकर्तामा अन्योल सिर्जना भइरहेको छ ।

काँग्रेस जिल्ला सचिव सुनारले भने, ‘केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा चुनावी गठबन्धन बनाएर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न सकिरहेको छैन ।’

पाँच दलले चुनावी गठबन्धनको तयारी थालेपछि विपक्षी नेकपा (एमाले)ले पनि अन्य दलसँग चुनावी गठबन्धन गर्ने बारेमा छलफल गरिरहेको छ ।

पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलालीका सात तहमा एमाले, तीन तहमा काँग्रेस, दुईमा माओवादी केन्द्र र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस