८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगले सत्तारुढ दलसँग मात्र परामर्श गरेर आचारसंहिता ल्यायो : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले सत्तारुढ दल र सरकारसँग मात्र सल्लाह गरेर आचारसंहिता लगाइएको बताएका छन्।

आज (शनिबार) राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताबाहिरका विपक्षी दलसँग परामर्श नगरीकनै निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न दललाई दबाब दिइएको बताएका हुन्।

उनले बहुदल आएदेखि लगातार निर्वाचन लड्दै आएको बताउँदै आयोगले सत्तापक्षसँग मात्र सल्लाह गरेर पहिलो पटक निर्वाचन आचारसंहिता ल्याइएको दाबी गरे।

प्रतिपक्षका दलसँग परामर्श गर्न आवश्यक नभएको भन्दै आयोगले दम्भपूर्ण अभिव्यक्ति दिएकाले एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहितामा हस्ताक्षर नगरेको ओलीले दाबी गरे। उनले निर्वाचन आयोग कसैको पक्ष र विपक्षमा लाग्न नहुने बताए।

उनले भने,‘हामी कानुन मान्छौँ, हामी जालझेल, षडयन्त्र, तिकडम गर्दैनौँ, कानुनको निर्माण सबैका लागि हुनुपर्ने र कुनै दल विशेषको हुनु हुँदैन।’

मनोनयन एक दिनले पुग्ने भए पनि गठबन्धनको समस्या मिलाउन आयोगले मनोनयन दुई दिन राखेको ओलीको आरोप छ।

उनले आयोगको भूमिका संशयपूर्ण भएकाले निष्पक्ष हुनुपर्ने बताए । निर्वाचनमा सामेल हुने दलहरुको कुरा पनि निर्वाचन आयोगले सुन्नुपर्ने उनको भनाई छ।

उनले सबै मिलेर षडयन्त्र पराजित गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे। ओलीले आचारसंहिता कडाइका साथ पालना गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गरे।

एमालेमा प्रवेश गरेर राष्ट्र निर्माण, सुशासन र विकासको लहर ल्याउन सरिक हुने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस