१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गफ होइन काम गरेर देखाउँछौँ’ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गफ होइन काम गरेर देखाउने बताएका छन् ।

पार्टीको जनसभालाई काठमाडौँको भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गफाडीहरूले कुरा मात्रै गर्ने भन्दै आफूहरूले काम गरेर देखाउने बताएका हुन् ।

‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरूको कुनै काम छैन। हामी काम गरेर देखाउँछौँ। जनताको जीवनस्तरमा रुपान्तरण हुने गरी काम गर्ने पार्टी हौँ।’ केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘हामी कुरो एउटा काम अर्को होइन, जे भन्छौँ त्यो गरेर देखाउन चाहन्छौँ।’

ज्येष्ठ नागरिकलाई भत्ताको व्यवस्था मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरुआत गरेको, आफूहरूले जनताको समस्यालाई पहिचान गरेको र आफ्नो गाउँ आफैँ बनाऊँ अभियान सुरुआत गरेको बताए ।

नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनको निरन्तरता हामीले बोकेका छौँ । २००६ सालमा निर्माण गरिएको कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी नै हौँ । कम्युनिस्ट आन्दोलनलाई जोगाउने अभिभारा हाम्रो काँधमा छ ।’

नेपालका अनुसार एमाले व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हो। ‘हामीले गठन गरेको पार्टी एमालेमा दक्षिणपन्थी अवसरवाद, त्यो पार्टीको नेतृत्व नै कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि त्यसमा रहिरहनुपर्ने कुनै अवस्था रहेन,’ उनले भने, ‘त्यसको एक/एक गतिविधि तपाईंहरूले नियालिरहनुभएको छ। त्यो पार्टी पार्टीका रूपमा रहेन। सानो गुटमा सीमित हुन पुगेको छ।’ कम्युनिस्ट पार्टीलाई निरन्तरता दिन नयाँ पार्टी निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस