धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् ।
मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर भयो रे भन्ने सुनियो त !’ भनेर व्यङ्ग्य गरेका छन् ।
तामाङले मन्त्रिपरिषद् हेरफेर गर्दा एकीकृत समाजवादी पार्टीको नेतृत्व र गठबन्धनले कुनै सल्लाह नगरेको दाबी गरेका छन् ।