८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव लड्न कमसेकम ६/७ करोड चाहिने अवस्था छ: शशाङ्क

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाए पनि उनले शनिवार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए ।

सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने भएको हो ।

आयोगको सोमबार बस्ने बैठकले कोइरालालाई यसबारे थप प्रस्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेता शशाङ्क कोइरालाले शनिवार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्ने बित्तिकै ६र७ करोड चाहिने अवस्था रहेको बताएका थिए ।

नेपाल विद्यार्थी सङ्घ इलाम–काठमाडौँ सम्पर्क मञ्चले शनिवार गरेको कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाएका थिए ।

कोइरालाले भनेका थिए, ‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो । तपाईँहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्ने बित्तिकै तपाईँलाई कमसेकम ६र७ करोड चाहिने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस