९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनमा एसको भूमिका महत्त्वपूर्ण हुन्छ : नेपाल

अ+ अ-

बलेवा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा (एस)को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धनको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरू पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

विचार मिल्नेहरूका बिचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उनले दक्षिण पन्थी अवसरबादका विरुद्धमासँगै लडाइँको मैदानमा जाने दाबी गरे । कम्युनिस्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उनले बताए । कार्यकर्ता प्रशिक्षणमा बागलुङ आउनुभएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए ।

उनले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताए । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले विद्रोह गरेको स्मरण गर्दै उनले बहुमतलाई कारबाही गर्न खोजेपछि आफूले विद्रोह गर्न बाध्य भएको बताए । नेपालले भने, ‘विरोधी जति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।’ उनले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीबाट केही आस गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस