८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन

अ+ अ-

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँचीका ६ पालिकामध्ये ३ वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । ३ पालिकामा भने अन्य आकांक्षीसहितका नाम सिफारिस गरेको छ ।

भूमिकास्थान नगरपालिकामा अहिलेका मेयर रेसम थापालाई मेयर तथा उपमेयरमा वसन्ता पौडेललाई नगर कमिटीले निर्विरोध सिफारिस गरेको हो । गत निर्वाचनमा माओवादी र नेपाली काँग्रेसको गठबन्धनमा माओवादीबाट निर्वाचित थापा पछि एमालेमा प्रवेश गरेका थिए ।

त्यसैगरी शीतगंगा नगरपालिकामा वसन्त श्रेष्ठ मेयर तथा गीता भाट उपमेयरमा निर्विरोध सिफारिस भएका हुन् । श्रेष्ठ गत निर्वाचनमा थोरै मतले मेयरमा पराजित भएका थिए ।

त्यसैगरी पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने अध्यक्षमा सर्वसम्मत प्रस्तावित भएका छन् । उपाध्यक्षमा भने धेरै आकाङ्क्षी रहेकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइएको छ ।

सन्धिखर्क नगरपालिकामा मेयरका लागि कृष्णप्रसाद श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य र युवराज श्रेष्ठको नाम सिफारिस भएको छ भने उपमेयरमा मिश्रा आचार्य, सुशीला गैरे र पार्वता श्रेष्ठको नाम सिफारिस भएको छ ।

मालारानी गाउँपालिकामा हालका अध्यक्ष बालकृष्ण आचार्यसहित जर्नादन खनाल र दलबहादुर भट्टराई अध्यक्षमा र इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, लक्ष्मी आचार्य, दीपा पोख्रेल उपाध्यक्षमा सिफारिस भएका छन् ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा ऋषिराम अधिकारी, दीपक पन्थी, हसरदिन मिया र उपाध्यक्षमा मनि शर्मा पन्थी, रुपा पाण्डे प्रधान, पवित्रा श्रेष्ठ, मिना पाण्डे सिफारिस भएका छन् ।

गत निर्वाचनमा छत्रदेव र पाणिनिमा काँग्रेस एक्लै जितेको थियो भने अन्य ४ पालिकामा काँग्रेस माओवादी गठबन्धनका विरुद्ध एमाले एकल लडेको थियो ।

प्रतिक्रिया दिनुहोस