७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छ : नेत्री कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

‘जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,’ उनले भनिन् । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

गोकर्णेश्वर नगरपालिका–८ का वडाध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले रेस्टुरेन्ट, ह्यान्डिक्राफ्ट, यातायातलगायत क्षेत्रमा बालश्रम अत्यधिक रहेको भन्दै यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कार्यक्रम सहायक अरविन्द लेखकले स्थानीय तहलाई बालश्रम मुक्त क्षेत्र निर्माण गर्न आइएलओले काम गर्दै आएको बताए ।

नेपाल ह्यान्डिक्राफ्ट तथा सिलाइ बुनाइ सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष तेजप्रसाद रिजालले ह्यान्डिक्राफ्टको क्षेत्रमा अत्यधिक बालश्रम रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

नेपाली काँग्रेस दक्षिणकाली नगरपालिकाका सहसचिव सानुकाजी गिरीले बालश्रम न्यूनीकरणका लागि नागरिक समाजको ठुलो भूमिका रहेको बताए ।

कार्यक्रममा फाउन्डेसनका कार्यवाहक अध्यक्ष सुधा दाहाल, महासचिव सूर्य नेपाल, कोषाध्यक्ष इन्द्रमणि उप्रेती, सदस्य गणेश भट्टराईलगायतले विगत १४ वर्षदेखि फाउन्डेसनले श्रम तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको कामका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस