६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत म्याकेबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका शैक्षिक विकासका लागि दुवै जनाबीच भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे ।

उनले उच्च तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन आग्रह गरे । ‘बर्सेनि दुईदेखि तीन हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्’, उनले भने, ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालका लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।’

मन्त्री पौडेलले नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे ।

राजदूत म्याकेले उच्च र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस