११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यमिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीविरुद्ध मुद्दा दायर भएको हो ।

कलानन्दका छोरा शेखर सोही विद्यालयमा विज्ञान सङ्कायतर्फ कक्षा ११ मा अध्ययनरत थिए। २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट सञ्चालन भएको अङ्ग्रेजी र फिजिक्सको परीक्षामा पास गराउन खोजेको आरोप छ।

उनले आफ्ना छोरालाई पास गराउन सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरसहित कन्ट्रोल लिस्ट सच्चाएका थिए। जबकि उनी परीक्षामा सामेल नै नभएको भन्ने उजुरी अख्तियारमा परेको थियो।

सो उजुरीमाथि अनुसन्धान हुँदा बुवा कलानन्दले आफ्नो छोराको सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा विद्यार्थीको नाम थर पनि फेरेको अख्तियारले जनाएको छ।

अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विज्ञान सङ्कायमा पहिले नै कक्षा ११ र १२ परीक्षा पास गरिसकेका प्रभात शाहीले परीक्षा दिएका थिए।

कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मामाथि कलानन्दसँग मिलेमतो गरेको आरोप छ।

‘कलानन्दसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुई वटा कन्ट्रोल लिस्ट बुझी अङ्ग्रेजी र फिजिक्सको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्ने जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैर कानुनी रूपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस