काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।
शिक्षक सेवा आयोगको नियमावली-२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।
इच्छुक उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ ।
आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।
