५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल चुस्तदुरुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएका दुई सदस्यलाई मंगलबार बोर्ड बैठकमा स्वागत गर्दै उनले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिए ।

नयाँ नियुक्त भएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार हुन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए ।

केही हप्ता पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेराको तारबारबाट एक जना नागरिकभित्र छिरी जहाजभित्र पसेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विमानस्थल भनेको अति संवेदनशील क्षेत्र हो, गैर व्यक्ति छिर्न नदिन सुरक्षा व्यवस्था बलियो र मजबुत बनाउनु होला ।’

यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्नसमेत आग्रह गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान अवतरणमा ढिलाइ हुने तथा केही दिन पहिलेको भिजिबिलिटीका कारण उडान अवतरणमा समस्या भएको विषयमा ट्विटरमा विभिन्न कमेन्ट आएकाले त्यस्ता ट्विटरको तत्काल रेस्पोन्स तथा उत्तर दिनका लागि एक छुट्टै कर्मचारी खटाउन तथा ट्विटरको तत्काल उत्तर दिनसमेत निर्देशन दिए ।

विमानस्थलको अवस्थाका बारेमा दैनिक नागरिकलाई जानकारी हुने गरी सूचना प्रवाह गर्नसमेत मन्त्री आलेले प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस