काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
आज (बुधबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुनेछ ।
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री गगन थापा नेतृत्व समितिलाई दिएको छ ।
स्थानीय चुनाव नजिकिएसँगै दलहरु चुनावी घोषणापत्र तयार गर्न जुटेका छन् ।