काठमाडौँ । ओखलढुङ्गामा प्रहरी सवार जीप दुर्घटना हुँदा बुधबार दुई जनाको मृत्यु भएको छ । सात प्रहरी घाइते छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेहरूमा हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशी छन् ।
उनीहरू हतियार मर्मतका लागि ओखलढुङ्गाबाट विराटनगरतर्फ जान लागेका थिए ।
बा१७च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका–६, हर्कपुरमा दुर्घटनामा परेको हो । घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ गएको कार्यालयले जनाएको छ ।