१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली पुलको निर्माण सुस्त गतिमा

अ+ अ-

महेन्द्रनगर । बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन ।

सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँच मार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ ।

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटपुट रूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुन सकेको छैन ।

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरियसन अर्डर’ नहुँदा काम अगाडि बढ्न नसकेको पुल निर्माण कम्पनीको भनाइ छ । यसअघि ठुला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने सम्झौतामा रहे पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो ।

पुल निमार्णको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सिएफसी) जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरियसन अर्डर’ नहुँदा आर्थिक विषय नटुङ्गिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरियसन अर्डर’ नहुँदा काम ढिला भयो’, इन्जिनियर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’

‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ’, उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब रु २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो ।

त्यसै गरी पुलसँगै सात दशमलव आठ किलोमिटर छ लेनको पहुँच मार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक समृद्धिमा फड्को मार्ने आशा गरिएको उक्त आयोजनाको निर्माण द्रुतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् ।

योजनामा पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । विसं २०७४ भदौबाट पुल निर्माण सुरु भएकामा कोरोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस