१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वैशाख ११ देखि आईपीओ निष्कासन गर्दै विन्ध्यवासिनी हाइड्रोपावर

अ+ अ-

काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही वैशाख ११ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर–५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर–८ र ९ का स्थानीय बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको तीन लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीयवासीका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा वैशाख २५ र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा सानिमा बैङ्कको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैङ्कको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैङ्कको कास्की तथा बेसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसीसहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस