१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका किसानलाई अनुदान

अ+ अ-

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न सुरु गरेको छ ।

साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र ठुलालाई बढीमा एकमुष्ट आठ लाख ७५ रुपैयाँका दरले अनुदान वितरण गर्न सुरु गरेको हो ।

यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम निकासा गरिएको सो कार्यालयले जनाएको छ । गत वर्ष ४५ लाख अनुदान रकम वितरण गरेकोमा यस वर्ष बजेट कटौती भएर आएको कार्यालयका प्रमुख डा। बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाका ११ दुग्ध सहकारी मार्फत अनुदान वितरण कार्य थालेको र असार १५ भित्र निवेदन आएकालाई अनुदान प्रदान गरिने उनले बताए । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान कार्यक्रम ल्याएको कार्यालयका प्रमुख डा। श्रेष्ठले जानकारी दिए ।

किसानलाई प्रोत्साहन गर्न दुधमा प्रतिलिटर अनुदान कार्यक्रम लागु गरेपछि जिल्ला दुधमा आत्मनिर्भर बनेको उनले बताए ।

जिल्लामा वार्षिक तीन हजार आठ सय मेट्रिक टन दूध उत्पादन हुँदै आएकोले बाह्य जिल्लामा समेत निर्यात हुन थालेको छ । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रति व्यक्ति क्षमता पुगेको छ ।

त्यसै गरी मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख वटा,दूध तीन हजार आठ सय मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको उनले बताए ।

मासुमा जिल्ला आत्मनिर्भर भैसकेको छ भने बाह्य जिल्लामा निर्यातको प्रयास भइरहेको छ । अण्डा पनि बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालय प्रमुख डा। श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस