७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : उम्मेदवार टुङ्गो लगाउन सकस

अ+ अ-

कर्णाली । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् ।

सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।

नेपाली काँग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले १० वटै जिल्लामा सिट बाँडफाटबारे गहन छलफल भइरहेको बताए ।

‘जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्श आएको अवस्था छैन्,’ उनले भने, ‘२०७४ सालको निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबन्डा लगाउन निर्देशन दिएका छौँ, भागबन्डाको टुङ्गो जिल्लाले नै लगाउने हो ।’ सभापति शाहीले प्रदेशस्तरीय गठबन्धनको बैठक आगामी सोमबार बस्ने र उक्त बैठकमा जिल्ला संयन्त्रले पठाएका प्रतिवेदनबारे छलफल हुने जानकारी दिए ।

स्थानीय तहबाटै तालमेलको टुङ्गो लगाउँदा परिणाम राम्रो आउने हुँदा तल्ला कमिटीलाई उक्त जिम्मेवारी दिइएको उनको भनाई छ ।

कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठुलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ ।

यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख÷उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांगे्रसका ४१ प्रमुख÷उपप्रमुख छन् । त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा ९एकीकृत समाजवादी० का १७ जना प्रमुख÷उपप्रमुख छन् ।

स्वतन्त्रबाट निर्वाचित प्रमुख/उपप्रमुखको सङ्ख्या पाँच रहेको छ । प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशन अनुसार २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन ।

एमाले भने उम्मेदवार छनौट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले ९ स्थानीय तहको प्रमुख/उपप्रमुखको टुङ्गो लगाइसकेका छन् ।

‘कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुङ्गो लगाइएको छ, स्थानीय कमिटीले टुङ्गो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुङ्गो लगाउनेछ,’ प्रदेश अध्यक्ष शाहले भने, ‘उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौँ ।’

हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकाङ्क्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।

एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा बीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस