९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

अ+ अ-

गोदावरी । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख प्रजिअ किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी दिए ।

मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहेको उनको भनाइ छ ।

जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । प्रायः एउटा मतदानस्थलमा दुई वटा मतदान केन्द्र राखिएको उनले जानकारी दिए ।

सुरक्षा समितिले अनुगमन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता सङ्ख्या रहेको कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जसमा अति संवेदनशीलमा ५२, संवेदनशील ५३ र १३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस