८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारलाई तत्काल नियन्त्रण नगर्ने हो भने मुलुकलाई नै सिध्याइदिने सभामुखको चेतावनी

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार देशको गम्भीर समस्या भएको भन्दै यसलाई तत्काल नियन्त्रण नगर्ने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् ।

सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताए । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैँ रहने प्रतिबद्धता व्यक्त गरे ।

आइतबारबाट काठमाडौँमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराएका थिए । साथै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

सभामुख सापकोटाले भने, ‘मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढङ्गले लिने गरेको छैन । र भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा र मलाई लाग्दछ यहाँ यो स्तरकै विद्धानहरू हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीवीहरू हुनुहुन्छ । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो र यस्तै गरी हामीले खबरदारी गरेनौँ भने यस विरुद्ध निशाना सोझ्याएनौँ भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ ।’

यस क्रममा सापकोटाले सात वटै प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान लैजानु पर्ने बताएका थिए । र त्यसमा आफ्नो पूर्ण समर्थन रहने उनले बताए ।

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको कार्टुन प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुने गरी कार्टुन बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस