९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही मान्छे अर्थव्यवस्थालाई राजनीतिकरण गर्दैछन् : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् ।

नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग आज (सोमबार) मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ सङ्केत गर्दै यस्तो धारणा राखेका हुन् ।

परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलङ्कासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलङ्काको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन् । ‘

यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलङ्का नभएको र आफूहरुले श्रीलङ्का जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए ।

उनले आगामी आव ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकारीलाई गराएका थिए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो ।

परिसंघले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएको अर्थमन्त्रीलाई बुझाएको थियो ।

साथै परिसंघले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक(फरक बनाउन पनि सुझाव दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु सरकारले धमाधम घोषणा गर्नुपर्ने बताएका थिए ।

यस्तै सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैर आवासीय नेपालीलाई डलरमा खाता खोल्न आकषिर्त गर्नुपर्ने लगायतका सुझाव अर्थ मन्त्रीलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस