काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १५ सयले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।