काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो ।
टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।