९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

अ+ अ-

चितवन । भरतपुर महानगरका सहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै सहर उज्यालो हुन थालेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।

अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउन्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । एक हजार १९० वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाडिसकेको उनको भनाइ छ ।

मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उनले बताए । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ‘यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।’ यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिस कोठीमा स्मार्ट सडक बत्ती बालेर शुभारम्भ गरिएको छ ।

यस अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेणु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।

उनले भनिन्, ‘सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट सहर बनाउन उज्यालो सहर अभियान सहयोगी बन्नेछ ।’ भरतपुरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन चोक, हाकिम चोक, चौबिस कोठी, वीरेन्द्र क्याम्पस चोक, सहिद चोक, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला चोक र मालपोत चोकमा हाइमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ । लामो समयदेखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको नगर प्रमुख दाहालले बताइन् ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले अन्य प्रमुख सडककोसमेत सर्भे गरेर प्राधिकरणमा पठाइएको जानकारी दिइन् । उनले भनिन्, ‘यसले सहर सुन्दरतासँगै अपराध नियन्त्रणमा सहयोग पुग्छ । यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरपालिकाको १० प्रतिशत साझेदारी छ । उज्यालो कार्यक्रमसँगै रातका समयमा हुने सवारी दुर्घटना र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्छ ।’

हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिस कोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्र नगरसम्मको २२ दशमलव १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुनेछ ।

दियालो बङ्गलादेखि जिल्ला प्रशासन कार्यालयसम्मको ७ दशमलव ८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामा टोलसम्मको २ दशमलव १७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशाल चोकसम्मको १ दशमलव २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस