८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले आफ्नै बलमा चुनाव लड्नुपर्छ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टहरूको चरित्र र स्वभावका कारणले तालमेल गर्न नहुने बताएका छन् ।

काँग्रेस आफ्नै बलमा निर्वाचनमा लड्नुपर्ने थापाको तर्क छ । नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसमा बोल्ने क्रममा थापाले काँग्रेसले तालमेलको बाटो छोडेर मतदाता आफूतिर आकर्षित गर्नुपर्ने बताए ।

उनले भने, ‘कम्युनिस्टहरूले रातारात पार्टी विभाजन गरेको पनि देखियो । रातारात मिलेको पनि देखियो । कम्युनिस्ट पार्टीहरू कुनै न कुनै बेला मिल्न सक्छन् । चरित्र र स्वभाव उनीहरूको हामीले देखिसक्यौँ ।’

तालमेलको विपक्षमा रहे पनि बहुमतको निर्णय मान्नुपर्ने भएकाले केन्द्रीय समितिको निर्णय स्विकारेको थापाको भनाइ छ । तालमेल गर्ने अधिकार तल्लो तहलाई भएकाले केन्द्रीय समितिको निर्णय उल्लङ्घन भए प्रश्न उठाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस