बिपी राजमार्ग सञ्चालन : चौध प्रहरी घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिपी राजमार्ग सञ्चालन : चौध प्रहरी घाइते


७ बैशाख २०७९, बुधबार


सिन्धुली । बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मोक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

मङ्गलवार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेको उनले बताए ।

स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौँमा पठाइएको र ११ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

स्थानीयको ढुङ्गा, सिसाका बोतल प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवान जोसना श्रेष्ठ, लीला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते भएका छन् ।

यस्तै प्रहरी हबल्दार भोला राउत, निजामुदी मिह, प्रहरी जवान विमला श्रेष्ठ, सञ्जित श्रेष्ठ, भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोला घाइते भएका छन् । घाइतेमध्ये जोसना श्रेष्ठको उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ पठाइएको र अरू १० जना डिस्चार्ज भएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए ।

अस्पतालमा भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोलाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य नै रहेकाले केही समयपछि घर पठाइएको जानकारी दिए । घाइतेको टाउको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको थियो । प्रहरीको संयमताले घटनामा मानवीय क्षति भने हुन पाएन ।

Tags :
प्रतिक्रिया दिनुहोस