१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण हुन्छ : गृहमन्त्री खाण

अ+ अ-

रुपन्देही । नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण भएको बताएका छन् ।

गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।

‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाई गस्ती गर्छौँ’, उनले भने । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एक पटकमा एकै दिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए ।

राजनीतिक नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।

नेपाली काँग्रेसका नेता खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिनेसमेत बताए । निर्वाचनमा गठबन्धन दलबिच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ’, उनले भने । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा सर्वोच्चले गरेको फैसलाबारे पत्रकारले राखेको जिज्ञासाबारे गृहमन्त्री खाणले न्यायालयको निर्णयको सम्मान गर्ने बताए ।

चैत २५ गतेदेखि निलम्बनमा परेका अधिकारीलाई मङ्गलवार न्यायाधीश हरि फुयाँलको एकल इजलासले मङ्गलवार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस