१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासोन्मुख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आबद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् ।

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउनसमेत विशेष आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा व्यक्त गरिन् । जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आवश्यकता औँल्याइन् ।

जलवायु परिवर्तनका कारण हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै भण्डारीले त्यसबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

‘कोभिड–१९ र त्यसपछिको विश्व : विश्वव्यापी विकास र साझा भविष्यका लागि सँगै काम गरौँ’ भन्ने नारासहित बुधवारदेखि सुरु सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस